यी हुन् मन्त्री बनाउनका लागि अन्तिम छलफलमा रहेका नाम र पाउने मन्त्रालय (सूचीसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो ।

प्रधानमन्त्रीलाई आज दलहरूले आ-आफ्नो दलको तर्फबाट सरकारमा क-कसलाई पठाउने सूची बुझाउने छन् । बिहान ११ बजेसम्म दलहरूले प्रचण्डलाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गराउने तयारी गरिएको छ ।

  • अन्तिम छलफलमा रहेका नाम 

कांग्रेस (८)
पूर्णबहादुर खड्का -उपप्रधानसहित रक्षा
धनराज गुरुङ -सामान्य प्रशासन
प्रकाशशरण महत -अर्थ
रमेश रिजाल -परराष्ट्र
एनपी साउद -सहरी विकास
सीता गुरुङ- भूमि व्यवस्था
डिगबहादुर लिम्बू -न्याय, कानुन तथा संसदीय मामिला
मोहनबहादुर बस्नेत -स्वास्थ्य तथा जनसंख्या

माओवादी केन्द्र (५)
पुष्पकमल दाहाल ‘प्रचण्ड’ -प्रधानमन्त्री
नारायणकाजी श्रेष्ठ -गृह
रेखा शर्मा -सञ्चार
सुदन किराती -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी -महिला तथा बालबालिका
शक्ति बस्नेत -ऊर्जा

एकीकृत समाजवादी (२)
वेदुराम भुसाल -कृषि
प्रकाश ज्वाला -भौतिक पूर्वाधार तथा यातायातमन्त्री

जसपा (२)
शिक्षा मन्त्रालय
अर्काे टुंगो लाग्न बाँकी

लोसपा (१)
शरतसिंह भण्डारी -श्रम

नेसपा (१)
महिन्द्र राय यादव -खानेपानी

नागरिक उन्मुक्ति (१)
रञ्जिता श्रेष्ठ -युवा तथा खेलकुद

जनमत (१)
अब्दुल खान -उद्योग

आम जनता पार्टी (१)
लागि मन्त्रालय टुंगिन बाँकी

राष्ट्रिय स्वतन्त्र पाटीलाई भने उपनिर्वाचनपछि सरकारमा सहभागी गराउने समझदारी छ । मन्त्रिपरिषद् विस्तार अघिसम्ममा मन्त्रालय हेरफेर हुन सक्ने नेताहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =