१’को बदला ३ लिएर संसद् छिर्ने रविको सपना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकको बदला तीन जना सांसद लिएर संसद् छिर्ने सपना रहेको बताएका छन् । वैशाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुन लागेको सन्दर्भमा लामिछानेले यस्तो बताएका हुन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि लामिछानेले चितवन २ बाट निर्वाचित भएपनि पद गुमाएका थिए । सोही क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा लामिछाने चुनाव लड्दैछन् । तनहुँ १ र बारा २ मा रिक्त स्थानमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ । ती दुवै क्षेत्रमा पनि आफ्नो पार्टी विजयी भएको हेर्ने चाहना भएको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरू टिप्न निहुरिएको हुँ,झुकेको होइन । अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद् छिर्ने सपना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =