तस्बिरमा ‘यौटा सपनाको अवसान’

काठमाडौँ । नयाँ बानेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा यतिबेला अनुप बरालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मञ्चन भइरहेको छ ।

कवि तथा गितकार विप्लव प्रतीकले नेपाली परिवेशमा सुहाउने गरी रूपान्तरण गरेको नाटक ‘यौटा सपनाको अवसान’ ८० वर्षअघि अमेरिकी लेखक आर्थर मिलरले  लेखेको विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रूपान्तरण हो ।

नाटकमा एउटा मध्यमवर्गीय पिताले आफ्ना सन्तान र परिवारमाथि देखेका सपनाको आरोह-अवरोहलाई सटिक ढंगले प्रस्तुत गरिएको छ ।

दिया मास्के, रोयदिप, दिव्यदेव, विकास जोशी, मेनुका प्रधान, शेखर चापागाईँ आदि कलाकारहरुले अभिनय गरेको नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरको सहकार्यमा गो-विन प्रडक्सनले निर्माण गरेको छ । गोविन्द पराजुली निर्माता रहेको यो नाटकमा न्ह्यु बज्राचार्यले संगीत निर्देशन गरेका छन् ।

सोमबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुने नाटक वैशाख १० सम्म मण्डला थिएटरमा मञ्चन हुनेछ । २ घण्टा ४५ मिनेट लामो नाटकको शनिबार भने दिउसो १ बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ ।

तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *