कांग्रेस छोडेका स्वर्णिमले लिए रास्वपाको सदस्यता

काठमाडौँ । नेपाली कांग्रेस पार्टी परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिएका छन् ।

पार्टी परित्याग गरेको घोषणा गरेसँगै बिहीबार दिउँसो नै रास्वपा सभापति रवि लामिछानेसँग वाग्लेले छलफल गरेका थिए । छलफलपछि अनलाइन आवेदन दिएर उनले १ हजार लेबी बुझाएर रास्वपाको सदस्यता लिएको रास्वपा सांसद मनिष झाले बताए ।

वाग्लेले तनहुँ १ बाट उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसमा देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानमा परेको भन्दै उनले कांग्रेस पार्टी परित्याग गरेको घोषणा बिहीबार दिउँसो गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *