ऋण पायो भन्दैमा जहाँतहीँबाट ऋण लिन हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए । अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको बताए । उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने तर्क गरे । उनले आम नागरिकहरू बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने समेत कुरा गरे ।

उनले भने, ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ, दोस्रो अप्ठ्यारो प¥यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाईकन मिटरब्याजी कारोबार गर्न मन्जुर अरूले पनि हुनु हुँदैन । मिटरब्याजको पीडित जो भएको छ, उनीहरुले पनि सोच्नुपर्छ । मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्नेभयो । सहमति त त्यही हुन्छ । हामी कोही पनि मिटर ब्याजको कारोबारमा फस्नु भएन । मिटर ब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ । यो गलत कुरा हो,कानुन विपरीत छ भन्ने कुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ ।’

अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रूपमा बिदा दिइएको बताए । उनले अबदेखि वार्षिक क्यालेन्डरका रूपमा रहने गरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रूपमा राखिए क्यालेन्डर वाट हटाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *