रास्वपा भन्छ– ‘स्वर्णिमसँग सकारात्मक छलफल भएको छ’

काठमाडौँ ।  नेपाली कांग्रेसबाट अलग भएका अर्थविद् डा. स्वर्णिम वाग्लेसँग राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल गरेको छ ।
कांग्रेस परित्याग गरेको घोषणा गरेका वाग्लेसँग बिहीबार बिहान रास्वपाले छलफल गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।
ढकालले मकालुखबरसँग भने, ‘बिहान सामान्य छलफल र कुराकानी भएको हो । पार्टी सभापति तथा उपसभापतिसँग  छलफल भएको थियो । उहाँहरूले भने अनुसार वाग्ले जी हामीप्रति सकारात्मक हुनुहुन्छ । फोनमा त अस्बिाट नै छलफल भएको थियो ।’
तर तनहुँ १ काे उपनिर्वाचनमा रास्वापाबाट उम्मेदवार बन्न प्रस्ताव गरिएकाे भन्ने चर्चालालाई उनले अस्वीकार गरे ।
‘यो विषयले प्रवेश पाएको छैन,’ उनले भने, ‘साथीहरूले मायाले कुरा गर्नु भएछ । तर छलफल सकारात्मक छ ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =