तनहुँ १ मा मेरो जित सुनिश्चित : नेता भट्टराई

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसलगत्तै सञ्चारकमीसँग कुरा गर्दै उनले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताएका हुन् । उनले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताए ।

नेता भट्टराईले गठबन्धनका दलहरु एक भएर चुनावमा प्रतिस्पर्धा गर्ने बताए ।

‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसैपनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो,’ उनले भने, ‘अहिले पनि जित्ने आधार धेरै छन् । अरु भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरुबाट नै मेले निर्वाचन जित्नेछु । गठबन्धनले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *