अर्थतन्त्र सुधार्न सबै राजनीतिक दल एक ठाउँमा हुनुपर्छ : कमला पन्त

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताएकी छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ पार्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताइन् ।

नयाँ पार्टीहरु बाहेकका पार्टीहरु सबैले सत्ता सञ्चालन गरेको भन्दै उनले यो अवस्था आउनमा एकले अर्कोलाई दोषारोपण गर्नुनहुने बताइन् । उनले सहकारीका कारण जनताहरु मरिराखेको भन्दै सहकारीको अनुगमन गर्नुपर्ने बताइन् ।

उनले मिटरब्याज पीडितहरुको समस्यामा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *