रविको वास्तविकता चितवनवासीले बुझिसके, मंसिरको भन्दा उल्टो परिणाम आउँछः नेता श्रेष्ठ

काठमाडाैँ । नेपाली काँग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीसँगको कुराकानीमा उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे । उनले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए ।
उनले सभापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दएको विश्वासको मतको कारणहरु जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पट बुझिसकेको बताए । नेता श्रेष्ठले वैशाख १० गतेको निर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दाबी गरे ।

‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो,’ उनले भने, ‘त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो पहिचान कहाँ हो भनेर खोज्नुपर्ने स्थितिमा छन् । कहिले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ,’ उनले भने, ‘भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनु नपर्ने, के कारणले हो भन्नेकुरा जनतालाई भन्नु नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ ।’

उनले अब अब मंसिरको भन्दा उल्टो परिणाम आउने बताउँदै भने– ‘सत्ता साझेदार दलहरुको साझा उम्मेदवार म हुन्छु भन्नेकुरामा विश्वस्त छु । तत्कालीन उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्थ्यो, उहाँले प्रचारबाजी गर्नुभयो । फण्डाहरु दिनुभयो, त्यो फण्डामा एक पटक होकि त भनेर चितवनका जनताहरु झुक्किएको अवस्था थियो । अहिले पूर्णरुपमा उसका गतिविधिबाट राम्रोसँग उसको वास्तविकता बुझे । नाकको डाँडी भाच्ने भन्नेले जनताले बुझेका छन्, कसको रहेछ नाकको डाँडी भाँच्नुपर्ने जनताले बुझेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *