कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले सरकारमा जाने मन्त्रीहरूका बारेमा निर्णय गर्नेछ ।

बुधबार सत्ता गठबन्धनबीच भएको मन्त्रालय भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाउने मोटामोटी  सहमति भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले अरु ७ मन्त्रीबारे निर्णय गर्नेछ ।

साथै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *