संख्यापछि पाउने मन्त्रालयको टुंगो लगाउँदै सत्ता साझेदार, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले भागबन्डा मिलाएसँगै सरकार विस्तार हुने भएको हो ।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ भने नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउनेछ । माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको हो ।

एकीकृत समाजवादी र जनता समाजवादीले २/२ मन्त्रालय पाउने भएका छन् । नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक/एक मन्त्रालय पाएका छन् । सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।

आज कुन दलले कुन मन्त्रालय आउने बन्ने टुंगो लगाएर नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी छ । स्रोतका अनुसार माओवादी केन्द्रले गृह मन्त्रालय लिने भएको छ भने नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने सहमति भएको छ । एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय लिने मोटामोटी सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *