कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, मन्त्रीको नाम अनुमोदन गर्ने 

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अनुमोदन गर्नेछ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो ।

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा सरकारमा सहभागी हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *