यस्तो छ सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डाको खाका

काठमाडौँ । सत्ता साझेदार १० दलीय गठबन्धनमा मन्त्रिपरिषद् भागबण्डाको खाका तयार भएको छ । आज बिहानदेखि बालुवाटारमा बसेको बैठकले उक्त खाका तयार पारेको हो ।

खाकाअनुसार कांग्रेसले ८, माओवादी ५, एकीकृत समाजवादी २, जसपा २, जनमत १, लोसपा १, नाउपा १, नेसपा १, आजपा प्रभु साहले १ मन्त्रालय पाउने भएका छन् ।

तर जसपा र नेकपा एसले आफूहरुलाई ३३ मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३ राज्यमन्त्रीसहित २५ जना मन्त्रीहरूको मण्डल बनाउन पाउँछन् ।

यस्तै, तत्काल सत्ता गठबन्धनमा रास्वपालाई तत्काल सरकारमा नलानेसमेत कुरा भएको छ । दिउँसो सास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेका थिए । तर प्रधानमन्त्रीले गृह मन्त्रालय रास्वपालाई दिन नचाहेको बुझिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘तीन वटा राज्यमन्त्री कसकसलाई दिने भन्ने कुराको टुंगाे लागिसकेकाे छैन । एक राज्यमन्त्री स्वतन्त्र सांसदलाई, एक नेकपा एसलाई र १ नेपाली कांग्रेसलाई पर्न सक्ने सम्भावना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =