बारा २ : जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस

जनकपुरधाम । वैशाख २० मा हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ का लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् । बुधबार बसेको जसपा क्षेत्रीय समितिको बैठकले अध्यक्ष यादवलाई उम्मेदवार सिफारिस गरेको हो ।

बैठकले अध्यक्ष यादवको एकल नाम सिफारिस भएको जसपाका एक नेताले जानकारी दिए । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, अर्थमन्त्री संजय यादवलगायत सहभागी बैठकले यादवको नाम सिफारिस गरेको उक्त नेताले बताए । बारा २ का सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।

चैत २० मा मनोनयन दर्ता र वैशाख २० मा मतदान हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । प्रदेश सभातर्फ बारा २ (क) मा शारदा शंकर प्रसाद कलबार र (ख) मा बच्चा राउत अहिर सांसद छन् । उनीहरू दुवैजना जसपा नेपालबाट निर्वाचित हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *