विना निष्कर्ष सकियो सत्ता साझेदार दलको बैठक, भोलि पुन: बस्ने
२०७९ चैत १५ गते

काठमाडौँ । सत्ता साझेदार १० दलको बैठक सकिएको छ । दोस्रो चरणमा दिउँसोदेखि बालुवाटारमा बसेको साझेदार दलको बैठक सहमतिमा पुग्न नसकेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । आजको बैठकले केही पार्टीका मन्त्री सरकारमा लगेर पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको थियो । तर भागबन्डा नमिल्दा अन्तिम निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले बताए ।
‘बिहीबार नै केही मन्त्रीलाई शपथ ग्रहण गराउने गरी बिहीबार बिहान साढे ८ बजे गठबन्धनको बैठक बसेर निष्कर्षमा पुग्ने कुरा भएको छ, उनले भने, ‘केही सैद्धान्तिक र व्यवहारिक विषयमा कुरा मिल्न बाँकी भएकोले भोलि पुनः बस्नु पर्ने भएको छ ।’
२०७९ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








