गृहमा नारायणकाजी ल्याएर भौतिकमा प्रकाशलाई पठाउने तयारी 

काठमाडौँ । सत्ता साझेदार दलको तर्फबाट सरकारमा सहभागी हुने दुई जना मन्त्रीकाे नाममा सहमति भएकाे छ ।

यसअगाडि भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्री बनाएर नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालालाई भौतिक पूर्वधार मन्त्री बनाउने सहमित गठबन्धनमा जुटेकाे हाे ।

हाल १० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । सो बैठकमा मन्त्रालय र मन्त्रीहरूकाे नाम टुंगाे लगाएर मिलेसम्म आजै उनीहरूलाई मन्त्री बनाउने सहमति भएकाे छ ।

प्रधानमन्त्री निकट स्रोतले भनेकाे छ– ‘प्रधानमन्त्री पनि ज्वालालाई भौतिक मन्त्री बनाएर गृहमा नारायणकाजीलाई नै पठाउन तयार हुनुभएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =