नेपाली नागरिकलाई नागरिकता प्रमाणपत्र किन दिइँदैन ? : गगन थापा
२०७९ चैत १५ गते

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले नागरिकता विधेयक तत्काल संसदमा टेबल गर्न सरकारसँग माग गरेका छन् ।
बुधबारको शून्य समयमा बोल्दै उनले उनले यस्तो बताएका हुन् ।
‘नेपाली नागरिक बाउआमाबाट जन्मिएका सबै नेपालीले जन्मसिद्ध नागरिकता पाउनु पर्ने हो । सभामुख महोय, तपाईँसँग, मसँग, प्रधानमन्त्रीसँग, राष्ट्रपतिसँग सबैसँग नागरिकताको प्रमाणपत्र छ,’ उनले भने, ‘नागरिकताको प्रमाणपत्र नहुँदा पासपोर्ट लिन नपाउने, बैंकमा खाता खोल्न नपाएर मिटर ब्याजमा पैसा लिनु पर्ने, बाहिर जान नपाउने यी तमाम समस्या र अपमान हामीले बुझन सकिरहेका छैनौँ । त्यसो हुँदा सरकारलाई अभिलम्ब संसदबाट पारित गर्ने गरी नागरिकतासम्बन्धी विधेयक संसदको यही सदलबाट पारित गर्ने गरि टेबुल गर्न म सरकारलाई आग्रह गर्दछु ।’
२०७९ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित









