आज मन्त्रीपरिषद् विस्तार हुने कुनै सम्भावना छैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज मन्त्रीपरिषद् विस्तारको कुनै सम्भावना नभएको बताएका छन् ।

सत्ता साझेदार १० दलीय गठबन्धनका शीर्ष नेताहरूको विहान बसेकाे बैठकबारे जानकारी दिँदै मकालुखबरसँग उनले यस्ताे बताएका हुन् ।

‘मन्त्रिपरिषद् विस्तारमा सहमति जुट्न लागेकाे छ,’ उनले भने, ‘तर आज नै मन्त्रिपरिषद् विस्तार हुन सक्दैन । केही व्यवहारिक र सैद्धान्तिक कुराहरू मिलेका छैनन् । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि केही थपघट गर्नुपर्ने छ । अहिले ३ बजे पुनः बैठक बस्छ । छलफल हुन्छ ।’

उनले १० दललाई समेटेर लानुपर्ने भएकाले केही विषय टुङ्गो लाग्न समय लाग्ने बताए ।

‘सबै जनालाई मिलाएर समेटेर लामो यात्रामा लानुपर्ने छ, समय त लाग्छ नि ,’ उनले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठकमा पार्टीले पाउनुपर्नेभन्दा बढी मन्त्रालय दाबी गरेपछि मिलाउन समस्या भएको हो । संवैधानिक व्यवस्था अनुसार ३ राज्यमन्त्रीसहित २५ वटा मन्त्रालय बनाउन पाइन्छ ।

तर १० पार्टीलाई भाग लगाउँदा पार्टीको आकारभन्दा बढी मन्त्रालय दाबी गरिरहेका कारण मिलाउन समस्या परेको प्रधानमन्त्रीको सचिवालयले बताएकाे छ ।

आजको बैठकका मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको ९ पेज लामो न्यूनतम साझा कार्यक्रमको विषयमा पनि छलफल भएको थियो ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफलमा जुटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =