श्रमिकलाई आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा
२०७९ चैत १५ गते

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि सरकारले आजदेखि स्वास्थ्य परामर्श सेवा दिँदैछ । पूर्णतया निःशुल्क रहेको यो सेवा आज बिहान १० बजेदेखि सुरु हुनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ । यो सेवा पूर्णतः निःशुल्क रहनेछ ।
२०७९ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








