गठबन्धन बैठक- साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । १० दल सम्मिलित सत्ता गठबन्धनको बैठक बस्दैछ । मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो ।

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि कुनै सहमति हुन सकेको थिएन । दलहरूले आकर्षक मन्त्रालयमा आ–आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदाबारे आजको बैठकमा छलफल हुनेछ ।

अध्ययनका लागि वितरण गरिएको परिमार्जित मस्यौदाबारे छलफल हुने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । उनकाअनुसार साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने तयारी छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

कुन दलको कति मन्त्रालयमा दाबी ?
मंगलबार साँझ बसेको बैठकमा गठबन्धन दलहरूले पार्टीका तर्फबाट मन्त्रालय सङ्ख्या दाबी गरेका छन् । बैठकमा गठबन्धनको प्रमुख दल कांग्रेसले नौ मन्त्रालयमा दाबी गरेको छ । जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले तीन/तीन मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेका छन् । प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । सत्तारुढ गठबन्धनमा रहेका पार्टीहरूका प्रतिनिधिसभामा कांग्रेसका ८८, माओवादी केन्द्रका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसद छन् ।

प्रधानमन्त्रीले सबै राजनीतिक दलका मन्त्रालयमा दाबी र न्यूनतम साझा कार्यक्रममा धारणा बुझेर आज सत्तारुढ गठबन्धनको बैठक बोलाउने गरी मंगलबारको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =