प्रधानमन्त्रीले गठबन्धनमा पेश गरे न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलीय गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका छन् । मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले मस्यौदा पेश गरेका हुन् ।

बैठकमा सहभागी नेकपा एसमा महासचिव धनश्याम भुसालका अनुसार उक्त मस्यौदामा आफ्ना पार्टीहरूमा छलफल गरेर पुनः बुधबार गठबन्धनको बैठक बस्ने भएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले समेत सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको र यसको छलफल भएपछि मात्र मन्त्रीपरिषद् पूर्णता पाउने बताए ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने यसअगाडि १० दलीय गठबन्धनमा कुरा उठेको थियो । त्यही कारण प्रधानमन्त्रीले मस्यौदा पेस गरेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =