गठबन्धनमा मिलेन मन्त्रालय भागबण्डा, बुधबार पुनः बैठक बस्ने

काठमाडौँ । सत्ता साझेदार १० दलको बैठक सकिएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा मन्त्रालय भाडबण्डामा सहमति हुन सकेन । बुधबार बिहान ९ पुनः बैठक बस्ने निर्णय सहित मंगलबारकाे बैठक सकिएकाे हाे ।

मंगलबारकाे बैठकमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा समेत पेश भएको छ ।

गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तार गर्न सोमबार पनि बैठक बसेको थियो । त्यसअघि पनि पटक पटक बैठक बसेको भए पनि मन्त्रालय भागबण्डाबारे तलहरू सहमतिमा पुग्न सकेका छैनन् ।

२६ फागुनमा विश्वासको मत लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि हालसम्म पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि सरकारमा जाने इच्छा देखाइरहेकाले भागबन्डा मिलाउन समस्या भइरहेको बुझिएको छ । सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले त्रिपक्षीय वार्ता गरी आज गठबन्धनको बैठक राख्ने निर्णय गरेका थिए ।

मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =