मिटरब्याज पीडितलाई भेट्न गृह सचिव, सिडिओलगायत बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरिरहेका मिटरब्याज पीडितहरूलाई भेट्न गृह सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारीलगायत टंगाल पुगेका छन् ।

बर्दिबासबाट पैदल यात्रा मार्फत १२औँ दिनमा सोमबार काठमाडौँ आइपुगेका उनीहरू बिहानै बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरूलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरूले टंगालमै बसेर प्रदर्शन गरेका हुन् ।

त्यहाँ प्रदर्शन गरिरहेका पीडितलाई गृह सचिव विनोद प्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखले भेटको छन् । उनीहरूले पीडितका समस्याबारे जानकारी लिइरहेको बताइएको छ ।

उनीहरू सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् । उनीहरूले तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =