गृहमा माओवादी केन्द्र र नेकपा एसको रस्साकस्सी

काठमाडौँ । सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृह मन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृह मन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने भएपछि प्रधानमन्त्री दाहाल सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यबाट पछि हटेको बताइएको छ ।

गृह गृह मन्त्रालयसहितका तीन मन्त्रालय आफ्नो पार्टीको बटम लाइन भएको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । उनले भने, ‘गठबन्धनमा रहेका कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, जसपाले उपराष्ट्रपति पाएपछि एकीकृत समाजवादीले पनि मन्त्रालय रोज्न पाउनुपर्छ । हाम्रो बटम लाइन उपप्रधान र गृहसहितका तीनवटा मन्त्रालय हो । उक्त मन्त्रालयका विषयमा प्रधानमन्त्री सकारात्मक नभए हामी सरकारमा जान्दैनौँ ।’

भागबन्डाकै विषयलाई लिएर गठबन्धनमा संकट आइपर्ने संकेत देखिएको छ । पाण्डेले गठबन्धनमा सहभागी र बाहिरका दलहरूसमेत मिलेर प्रधानमन्त्रीलाई १ सय ७२ विश्वासको मत दिएपछि प्रधानमन्त्रीले अन्य दलहरूलाई बेवास्ता गर्न थालेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीलाई हामी ११ दल मिलेर १ सय ७२ मतसहित विश्वास जुटायौँ । त्यसपछि हाम्रो काम सक्किगयो नि । अहिले खोलो त-यो, लौरो बिर्सियोजस्तै हुन थालेको छ ।’ –नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *