उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा राप्रपाले आफ्ना उम्मेदवार उठाउने
२०७९ चैत १३ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको छ ।
आज बसेको राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
आगामी वैशाख १० गते प्रतिनिधिसभा अन्तर्गत तनहुँ-१, चितवन-२ र बारा–२ मा उपनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा विना गठबन्धन आफ्नै उम्मेदवार खडा गर्ने राप्रपाले निर्णय गरेको हो ।
जसका लागि राप्रपाले निर्वाचन परिचालनका लागि बारा–२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन–२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ–१ मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकेको बताएको छ ।
२०७९ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








