मातातीर्थदेखि खुलामञ्चसम्म मिटर ब्याज पीडितको मार्चपास र बालेनको अवरोध (तस्बिरहरू)

काठमाडौँ । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटर ब्याज पीडित आइतबार मातातीर्थ मन्दिर परिसरमा बास बसेर सोमबार मार्चपास गर्दै खुलामञ्च आइपुगेका हुन् ।

खुलामञ्च आइपुगेका उनीहरुलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिएर गेटमा तालाबन्दी गरेको छ । उनीहरुले मधेसी मुलकै मेयर बालेन्द्र साहले बालेन्द्रले नै मधेसीको भावना नबुझेको र पीडितलाई बाससमेत दिन नसकेको भन्दै दुखेसो पोखेका छन् ।

खुलामञ्चमा छिर्न पाउनुपर्ने मागसहित अहिले उनीहरुले खुलामञ्च गेटमै बसेर नाराबाजीसहित विरोधको कार्यक्रम गरिरहेका छन् ।

चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ८५ जना मिटरब्याज पीडित आइतबार काठमाडौँ आएका थिए । उनीहरुसँग ७ अगुवासमेत गरी ९२ जनाको टोली छ । सरकारले मिटर ब्याजले निम्त्याएको समस्या समाधान नगरेसम्म नफर्किने उनीहरूले बताएका छन् ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *