प्रधानमन्त्री प्रचण्डविरुद्ध नारा लगाउने ३ युवालाई जेल पठाइयाे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ युवालाई जेल पठाइएको छ । अभद्र व्यपहार मुद्दामा ५ हजार धरौटी तोकिएका उनीहरुले धरौटी रकम नबुझाएपछि जेल चलान गरिएको काठमाडाैँ प्रहरी परिसरका डिएसपी निरञ्जन भट्टले मकालुखबरलाई बताए ।

उनका अनुसार उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो ।

उनीहरुविद्ध अभद्र व्यवाहारमा मुद्दा चलाउँदै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पठाएको थियो ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ती युवालाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी लिएर छोड्न आदेश दिएका थिए । तर, युवाले धरौटी रकम नबुझाएपछि जेल पठाइएको प्रहरीले जनाएको छ ।
जेल जानेमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का रहेका छन् ।

छुवाछुत विरुद्धको अन्तराष्ट्रिय दिवसका दिन नयाँ बानेश्वरमा आयोजना गरिएको एक कार्यक्रममा भाग लिन जान लागेका प्रधानमन्त्री प्रचण्डविरुद्ध ती युवाले नाराबाजी गरेका थिए ।

ती युवाले नारा लगाउन सुरु गरेपछि प्रहरीले उनीहरुको मुख थुन्दै लछारपछार पारेर प्रहरी भ्यानमा हालेको थियो । ती युवाविरुद्ध प्रहरीले चरम दमन गरेको, वाक् स्वतन्त्रताको अधिकार कुण्ठित गरेको र निरंकुश शासनको प्रदर्शन गरेको भन्दै सडकदेखि सडमसम्म सरकारको चर्को आलोचना हुँदै आएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *