नागरिक उन्मुक्तिबाट रन्जिता श्रेष्ठ मन्त्री बन्दै

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी गठबन्धनबाट मन्त्री हुने भएकी छन् ।

१० दलीय गठबन्धका रहेको श्रेष्ठको पार्टी सरकारमा जाने र उनी मन्त्री बन्ने कुरा भएको बताइएको छ । यसअगाडि उनले आफ्ना पति रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाले बताइरहेकी थिइन् ।

स्रोतले भन्यो, ‘रेसम जीसँग पटक-पटक छलफल गरेपछि उहाँले श्रीमती तथा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई मन्त्री बन्नका लागि सल्लाह दिनुभएको छ । गठबन्धनले पनि उहाँलाई नै प्रस्ताव गरेको थियो । मन्त्रालय फिक्स भएको छैन । छलफल भइराखेको छ । कुनै नाटकीय परिवर्तन भएन भने उहाँ मन्त्री बन्ने पक्का हो ।’

यो विषयमा श्रेष्ठले मकालुखबरसँग भनिन्, ‘हामी सरकारमा जाने कुरा फाइनल हो । म पार्टी अध्यक्ष भएको नाताले साथीहरूले मलाई नै जानु भन्नु भएको छ । तर औपचारिक निर्णय भएको छैन । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =