चैत १३ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =