राष्ट्रपति बनेपछि पहिलोपटक उपत्यकाबाहिर जाँदै पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाने भएका छन् । उनी आज बिहान गोरखा जाने भएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत पौडेल बिहान ९ः३० बजे गोरखा जाने कार्यक्रम छ । गोरखकाली मन्दिर दर्शनलगायतका लागि पौडेल गोरखा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेल करिब २ घण्टा गोरखा बजार रहनेछन् । राष्ट्रपति आउने भएपछि गोरखा दरबार, गोरखकाली मन्दिर क्षेत्रको सुरक्षामा नेपाली सेना खटिएको छ । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक उपत्यका बाहिर जान लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *