चैत १२ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *