माधव नेपालले ओलीलाई नेकपा ब्युँताउन प्रस्ताव राखेपछि…

काठमाडौँ । नेपाली राजनीतिमा फेरि नेकपा ब्युँताउनेदेखि वाम एकतासम्मको चर्चा शुरु भएको छ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले यो विषयलाई अगाडि सारेका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फेरि नेकपा ब्युँताउन प्रस्ताव राखेका हुन् । अध्यक्ष नेपाल आफैले दुवै नेतासँग प्रस्ताव राखेका खुला गरेका हुन् । उनले शुक्रबार बिहान प्रचण्डसँगको भेटवार्तामा तत्कालीन नेकपा ब्युँताउन प्रस्ताव राखेका थिए । आफूले नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको जानकारी दिँदै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भनेँ हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौँ । एउटै ठाउँमा आउनुहोस् हिम्मत छ ?’

राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको अध्यक्ष नेपालको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै अध्यक्ष नेपालले भने, ‘अब के चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ? ल ठिक छ, पार्टी एकताको लागि को-को ले के-के त्याग गर्नुपर्ने हो तयार हुनुपर्‍यो ।’

नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र विग्रहको बाटो सच्याउने गरी २०७५ जेठ ३ मा दुई ठूला वाम दल (नेकपा एमाले र माओवादी केन्द्र)बीच एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुङ्गिँदै सर्वोच्च अदालतले २०७७ साल फागुन २३ गते ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो ।

त्यसपछि आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले २०७८ भदौ २ मा एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेका थिए । तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका हुन् । हुन त विभाजनपछि नेकपा ब्युँताउने प्रस्ताव र चर्चा चलेको यो पहिलोपटक भने होइन । तर ती चर्चाले सार्थकता भने पाएको छैन ।

नेकपा ब्युँताउने र वाम एकताको चर्चा लगभग सेलाइसकेको अवस्थामा वर्तमान सत्ता गठबन्धनमा रहेको एक घटक नेकपा एसका अध्यक्ष नेपालले पुनः नेकपा ब्युँताउने प्रस्ताव राखेसँगै राजनीतिक वृत्तमा फेरि वाम एकताको चर्चा सुरु भएको छ ।

प्रतिक्रिया

4 thoughts on “माधव नेपालले ओलीलाई नेकपा ब्युँताउन प्रस्ताव राखेपछि…

  1. तिमीहरूबाट यो कार्य सम्भव छैन तिमीहरू कम्युनिष्ठ होइनौ कलंक हौ, अनिष्ठ हौ

  2. इसको कहते हैं, सब कुछ लूटा के होस में आए तो क्या हुआ ? प्रश्न उठता है अब ये एकता किस लिए ? अब ये सर्व विदित हो चुका है कि नेपाल देश आप लोगों से चलने वाला नहीं है। ये एकता भी पद और प्रतिष्ठा के लिए मात्र करता चाहते होंगे। देश से कितना प्रेम है अब नेपाली नागरिक से छूपा नहीं है।

  3. Bigat ka ghatnaharu laai birsera, ek arka prati ko dosh aarop pratiarop hatayera,,,,pado lobh tyaag garera ekta ma lagnus comredharu… Jay Hos 🌼🌺

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =