संवादबाट समाधान खोज्न सरकार र आन्दोलनरत पक्षलाई आङ्बोको आग्रह

विराटनगर । नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश नामाकारणको विषयमा आन्दोलनरत पक्षलाई संवादको माध्यमाबाट समस्याको समाधान निकाल्न आग्रह गरेका छन् । उनले अहिले सडकमा भएको आन्दोलनरत पक्षलाई वार्तामा आउन र सरकारले वार्ताबाट समस्याको समाधान निकाल्न आग्रह गरेका हुन् ।
‘कोशी प्रदेश पहिचानको आन्दोलनको हिसाबले मधेस प्रदेशपछि प्रदेश १ मा पहिचानको मुद्दा उठेको थियो, उनले भने, बिगतको ५ वर्षमा नाम राख्न नसकेको र अहिले पनि पहिचानको पक्षमा दुई तिहाइ नपुगेपछि प्रदेश १ को नाम राख्नु परेको बाध्यतालाई सबैले बुझ्नु पर्दछ ।’
राजनीतिक अस्थिरतामा जाने हो भने १० वर्षसम्म नाम राख्न नसक्दा संघीयता विरोधी आवाजलाई थेग्न नसक्ने खालको हुने भएकोले संघीयता बचाउनको लागि पनि प्रदेशलाई नाम दिने बारेमा सहमति भएको सुनाए ।
सडकमा देखिएको आन्दोलनलाई वार्ता र सहमतिको माध्यमाबाट निकास निकाल्नु पर्नेमा जोड दिएका छन् । ‘राज्यले बल प्रयोग गरेर र आन्दोलनरत पक्षले अराजकता तथा हिंसात्मक रूपमा प्रस्तुत हुन हुँदैन, उनले भने, संविधान त संशोधन हुन सक्छ भनेर भनिरहेका छौँ, प्रदेशको नाम प्रदेश सभाले राखेको छ, जनताको आकांक्षालाई यो बारेमा कुरै हुँदैन छलफल नै हुँदैन भन्ने खालको जडता राख्नु हुँदैन ।’
आन्दोलनकारीको मागलाई सुनेर सम्भव भएसम्म आन्दोलनरत पक्षको मागको सम्बोधन गर्नसक्नेसम्म गर्नुपर्ने उनको भनाई छ ।
‘आन्दोलनलाई रोकेर शान्तिपूर्ण वार्तामा बोलाउने,  उहाँहरूको कुरा सुन्ने, सम्भव भएसम्म सरकारको तर्फबाट उहाँहरूको माग सम्बोधनको प्रयास हुनुपर्छ, म सरकारसँग आग्रह गर्न चाहन्छु, आङ्बोले भने, हिजो संविधान नै मान्दैनौँ, पुनर्लेखन गरौँ भनेको पार्टीहरू यही संविधानलाई स्वीकार गरेर संघ र प्रदेश सरकारमा हुनुहुन्छ, आन्दोलनलाई अराजकता र हिंसात्मक बनाउने भन्दा संविधान भित्रै बसेर आफ्नो माग र आवाजलाई बुलन्द गर्न आन्दोलनकारी साथीहरूले बुझ्नु पर्दछ ।’
आङ्बोले प्रगतिशील आन्दोलनको क्रममा एकजनाको मृत्यु भएको व्यक्तिलाई सहिद र क्षतिपूर्तिको व्यवस्था गर्न उनले  सरकारलाई आग्रह गरेका छन् । आन्दोलनरत पक्षहरूसँग  छलफल, वार्ता र सहमतिको माध्यमाबाट समाधान निकाल्न आङ्बोले सरकार र आन्दोलनरत पक्षसँग आग्रह गर्दै आफ्नो पार्टीले वार्ता र मध्यस्थताका लागि पार्टी तयार रहेको उल्लेख गरेका छन्  ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *