कोशी प्रदेशमा माओवादीले सरकार नछाड्ने

विराटनटर । कोशी प्रदेशमा नेकपा माओवादीले सरकार नछाड्ने बताएको छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल कोशी प्रदेश सरकारबाट माओवादी नबाहिरिने बताएका छन् । कोशी प्रदेश सभामा माओवादी संसदीय दलको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी आङ्बोले तत्काल सरकार नछाड्ने बताएका हुन् ।

अरू प्रदेशको जस्तो सत्ता समीकरणको अवस्था र कोशी प्रदेशको अवस्था फरक रहेको आङ्बोले बताए ।

‘अन्तको जस्तो अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहज आउने अवस्था छैन,’ उनले भने, ‘यदि केन्द्रीय गठबन्धन अनुसार कोशी प्रदेश सरकार ढाल्दा सरकार बन्ने अवस्था नहुँदा प्रदेश मध्यावधिमा जान्छ भन्ने कुनै पनि सम्भावना छैन ।’

अहिले तत्काल सरकारबाट मन्त्री फर्किने, वा सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने बारेमा सोच नबनाएको बताए । केन्द्रले प्रदेशको अवस्थाको र समीकरणको बारेमा जानकारी लिने काम भए पनि प्रदेश कसरी अगाडी बढ्ने भन्ने बारेमा ठोस निर्देशन नआएको आङ्बोले बताए ।

कोशी प्रदेशको अवस्था विशिष्ट खालको छ,’ उनले भने, ‘सत्ता समीकरणको फेरबदलको बारेमा सोची सकेका छैनौँ ।’

उनले स्थिरताको परिपक्वताको आधारमा मात्र अघि बढ्न सकिने बताए । कोशी प्रदेशमा ठुलै बदलाव आएको अवस्थामा मात्र सरकार हेरफेर हुन सक्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *