नेकपा ब्युँताउन राखेको प्रस्ताव ओलीले अस्वीकार गरे : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि केपी ओलीले अस्वीकार गरेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को तेश्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्टलाई एकतावद्ध गर्नका लागि सबैले त्याग गरेर नेकपा ब्युँताउन प्रस्ताव गरे पनि ओलीले अस्वीकार गरेको बताएका हुन् ।

उहाले बिहीबार नै प्रचण्डसँगको भेटमा पनि पुरानो पार्टी नेकपालाई ब्युँताउन प्रस्ताव गरेको जिकिर गरे । अध्यक्ष नेपालले बिभिन्न पार्टी भित्र गलत प्रवृतिबिरुद्ध जुध्नुपर्ने आवाज उठेको भन्दै समाजलाई परिवर्तन गर्न एकतावद्ध कम्युनिष्ट पार्टी आवश्यक रहेको धारणा राखे ।

कम्युनिष्ट पार्टीभित्र अवसर हावी भएको भन्दै आफुहरु कम्युनिष्ट पार्टीलाई सहि बाटोमा लैजान प्रत्यनशील रहेको उनको भनाइ छ ।

उनले पार्टीलाई बलियो बनाउनका लागि संगठनमा रहेकाहरुले सवै स्थानीय तहमा पार्टी सञ्जाल विस्तार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *