बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौँ । बागमती प्रदेश सभाको शुक्रबार बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले ६७ सांसदको विश्वासको मत पाएका हुन् । विश्वासको मत पाऊँ भनेर जम्कट्टेलले प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा ६७ मत परेको छ । विपक्षमा १७ मत परेको छ भने मत दिन्न भन्ने पक्षमा ७ मत परेको छ ।

प्रदेशसभामा तत्काल कायम रहेको सांसदको संख्या ९१ रहेको छ ।

नेकपा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कट्टेलले विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *