एटिसीसँग छाडा बोल्ने र निषेधित क्षेत्रमा हेलिकोप्टर उडाउने तीन पाइलट निलम्बित

काठमाडौँ । एयर ट्राफिक कन्ट्रोलरसँग छाडा शब्द बोल्ने र निषेधित क्षेत्रमा हेलिकोप्टर उडाउने तीन जना पाइलट निलम्बनमा परेका छन्।

अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले लुक्ला विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरसँग छाडा बोलेको पाइएपछि निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यस्तै अन्य दुई कम्पनीका दुई पाइलट पनि निलम्बनमा परेका छन्।

उनीहरुदले पोखराको प्याराग्लाइडिङ क्षेत्रमा हेलिकोप्टर उडाएका थिए। उनीहरुले निलम्बन फकुवा नभएसम्म हेलिकोप्टर उडाउन नपाउने निर्णय बिहीबार भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *