सत्ता गठबन्धनको बैठक : मन्त्रालय भागबण्डा मिलाउन बिहीबार फेरि बैठक बस्ने

काठमाडौँ । बालुवाटारमा बसेको  सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउने विषयमा छलफल भएको छ ।

आजको बैठकले सरकारमा सहभागी हुन चाहने दलहरूले पाउने मन्त्रालयबारे छलफल सामान्य छलफल भएको भएकाे बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

बैठकमा सहभागी ती नेताले मकालुखबरसँग भने, ‘बैठकमा कुन पार्टीले कति मन्त्रालय लिएर सरकारमा जाने भन्ने कुरामा सामान्य छलफल भयो । आजको आजै निष्कर्ष कहाँ निस्किन्छ र । आफ्नो पार्टीहरूमा पनि छलफल गर्नुपर्ने हुन्छ । भोलि फेरि बैठक बस्ने कुरा भएको छ । ११ दल र स्वतन्त्र सांसद सबैलाई भाग मिलाएर समेट्नुपर्ने अवस्था छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *