पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका शीर्ष नेताहरू बुधबार झापाको दमक पुगेर पूर्वराजा शाहसँग भेटवार्ता गरेका छन् ।

पूर्वराजालाई राप्रपा अध्यक्ष लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराले भेटेका हुन् ।

पूर्व राजासँगको भेटमा मुलुकको समसामयिक विषय र हालको राजनीतिक अवस्थाको बारेमा कुराकानी भएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *