बचतको महत्त्व बुझाउन मुक्तिनाथ विकास बैंकले ल्यायाे भिडिओ सन्देश

काठमाडौँ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने अर्थपूर्ण नारासहित सञ्चालनमा रहेको मुक्तिनाथ विकास बैंकले बचतको महत्व बुझाउने एक श्रव्यदृष्य(अडिओभिजुल) सामग्री सार्वजनिक गरेको छ । आफ्नै युट्युब च्यानलबाट सार्वजकि गरेको उक्त सामग्री ‘जल सञ्चय’लाई प्रतीकात्मक उदाहरणको रुपमा प्रस्तुत गर्दै आर्थिक बचतको महत्व झल्काउन लक्षित देखिएको छ ।

उक्त भिडिओमा एक युवा बिहान ७ः०० को अलार्मसँगै विच्छौनाबाट उठ्छन् । हत्तपत्त वास रुम जान्छन् । दाँत माझ्न ब्रस झिक्छन् । त्यहाँ अगाडिदेखि नै एक युवा ब्रसले दाँत माझिरहेका हुन्छन् । तर, उनले ब्रस गरिरहँदा पनि धारा खुलै राखिरहेका देख्छन् । त्यसपछि ती युवाले अर्का युवालाई कोट्याउँछन् । धारा खुल्लै रहेको तर्फ संकेत गर्छन् । र, धारा बन्द गरिदिन्छन् । अर्थात्, अनावश्यक रुपमा पानी खेर फाल्नु नहुने बुझाउँछन् । पानीको सञ्चय गर्नुपर्ने भाव व्यक्त गर्छन् ।

यो भिडिओको पृष्ठभूमिमा ‘बचत’ नै एक सूत्रधारको रुपमा बोलिरहेको हुन्छ । बचतले भनिरहेको हुन्छ– ‘म स्रोत हुँ अनन्त ऊर्जाको । सहज छैन यो यात्रा बचत नगरेसम्म । रित्तिन सक्छन् मनका मुहानहरु । बिचैमा सुक्लान् गन्तव्यका नदीहरु । त्यसैले थोपा, थोपा पनि बचत गरौँ । ‘बचत’ । शब्द छोटो, अर्थ मिठो ।’

विश्व पानी दिवसको अवसर पारेर बैंकले सार्वजनिक गरेको यो अडिओभिजुल सामग्रीको भाव निकै महत्वपूर्ण छ । यसले आर्थिक बचतका साथै सबै क्षेत्रमा सबै कुराको बचतका लागि आम मानिसलाई प्रेरित गरेको छ ।

यस्तो छ भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *