सांसद विमला राईकाे प्रश्न– प्रहरीले नागरिककाे मुख थुन्न मिल्छ ?

काठमाडौँ । राष्ट्रिय सभाको बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डको विरोध गर्दा प्रहरीले ३ युवाको मुख थुनेर लछारपछार पारेको विषयले प्रवेश पाएकाे छ । नेकपा एमालेकी सांसद विमला पौड्याल राईले उक्त विषयमा कुरा उठाएकी हुन् ।

संसद बैठकलाई सम्बोधन गर्दै उनले भनिन्– ‘केही युवाहरु बोल्न खोजिरहेको र केही प्रहरीले जबरजस्ती उनीहरुको मुख थनिदिएको र घाँटी न्याकेर लछारपछार पार्दै गाडीमा कोचेको श्रव्यदृष्य सामग्री हिजोदेखि केही सञ्चार माध्यमहरुमा आइरहेका छन् । यो किन भएको हो, यी युवाहरुले के बोल्न खोजिराखेका थिए । र, प्रहरीले त्यस्तो ज्यादती गरेको हो । संविधानले स्वतन्त्रतापूर्वक बोल्न पाउने र विचार राख्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन । अनि यसो गर्ने प्रहरीलाई गृहमन्त्रालयले कारवाही गरेको छ कि छैन । यो विषयमा म गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र यहाँ जवाफ पनि माग गर्दछु ।’

जातीय विभेद उन्मूलन दिवसका अवसरमा आयोजित एक कार्यक्रममा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई मंगलबार केही युवाले कुरा राख्न खोज्दा प्रहरीले नदिएपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नारावाजी गरेको थिए । नारा लगाउने युवालाई प्रहरीले मुख थुनेर लछार्दै भ्यानमा हालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *