प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जनालाई प्रहरीले चलायाे मुद्दा

काठमाडौँ । मंगलबार (७ चैत्र) ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजना गरिएको समारोहमा जाँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने ३ युवा विरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरीले पक्राउ परेका सोम शर्मा, उद्धव बस्नेत र विप्लव खड्काविरुद्ध आज (बुधवार) काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप्दै अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको हो ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका उनीहरूलाई प्रहरीले मुख बन्द गर्दै लछारपछार पारेर प्रहरी भ्यानमा हालेको थियो । उनीहरूले ‘आतङ्ककारी प्रचण्ड मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

हाल उनीहरू प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *