एउटै सचिवले ओगटे चारवटा गाडी

जनकपुरधाम। मधेश प्रदेशका एक सचिवले चारवटा गाडी ओगटेको पाइएको छ। प्रदेश सभाका सचिव समेत रहेका रंजितकुमार यादवले चारवटा गाडी प्रयोग गरिरहेको पाइएको छ।

मुख्यमन्त्री सरोज कुमार यादवका विश्वासपात्र रहेका सचिव यादवले महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र प्रदेश सभाबाट पनि गाडी सुविधा लिएका हुन्।

दुवै कार्यालयबाट उनले दुई दुई वटा गाडी प्रयोग गरिरहेका छन्।

सचिव यादवले मन्त्रालयबाट प्र ०२-००१ झ ०१६९ र प्र ०२-००१ झ ०१८४ नम्बरको क्रेटा गाडी प्रयोग गरिरहेको मन्त्रालयको अभिलेखमा उल्लेख छ।

त्यस्तै प्रदेश सभाबाट उनले ज १ झ ४६१ नम्बरको टेरानो तथा ज १ झ १०० नम्बरको अर्को चारपांग्रे नै गाडी प्रयोग गरिरहेको प्रदेश सभाले जनाएको छ।

मधेश प्रदेशमा उपसचिव भन्दा माथिल्लो तहका कर्मचारीलाई एउटा मात्रै चारपांग्रे सवारी प्रयोग गर्न पाउने नियम छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *