रानी स्वागतद्धार : सम्झौता सकिएको ९ महिनापछि शिलान्याश

विराटनगर। विराटनगरको रानीमा निर्माण गर्ने भएको स्वागतद्धार निर्माणको काम ठेक्का सम्झौता सकिएको ९ महिन पछि शिलान्याश भएको छ।

विराटगरको रानीमा निर्माण हुने आकाशेपुल सहितको स्वागतद्धार निर्माणको ठेक्का लागेको समय सकिएको ९ महिनापछि शिलान्याश भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलवार स्वागतद्धारको शिलान्याश गरेका हुन्।

स्वागतद्धार निर्माणको लागि यस अघि नै काम शुरु गरिएको भएपनि विराटनगर भन्सार कार्यालयले रोकेपछि स्वागतद्धार निर्माणको काम लपत्र परेको थियो । टेण्डर लागेको करिब २ बर्ष पछि फेरी शिलान्याश गरेर काम हुने संकेत दिईएको छ।

स्वागतद्धारसहितको आकाशेपुल निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७९ असार १४ गते काम सकिनुपर्ने थियो । तर, भन्सारले निर्माणमा अबरोध गरेपछि काम हुन सकेको थिएन ।

निर्माणस्थलबारे भन्सारसँग सहमति भएपछि निर्माणको काम शुरु गर्न थालिएको हो । सम्झौता मितिलाई पुनः कार्यदेशमार्फत मिति परिवर्तन गर्दै २०७९ फागुन २६ गतेदेखि २०८१ साल फागुन २५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने अवधि तोकिएको छ । ७ करोड ७६ लाख ४८ हजारको लागत अनुमान गरिएकोमा ६ करोड २५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको छ । सहरी विकास तथा भवन कार्यालयले ठेकेदारलाई १ करोड ३० लाख मोबिलाइजेशन बापतको रकमसमेत भुक्तानी दिइसकेको छ ।

करिब ९ महिनाअघि नै निर्माण पूरा हुनुपर्ने आयोजनाको काममा संघीय सरकार मातहतका सरकारी कार्यालयहरू बाधक बनेका थिए । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ्गले त्रिपक्षीय लागत साझेदारीमा स्वागतद्वार निर्माण गर्ने भनिएको छ ।

स्वागतद्वार निर्माणको लागि सरकारी प्रक्रिया अनुसार काम थाल्न लाग्दा गेट र आकाशेपुल दशगजामा पर्ने भनिएपछि त्यसलाई सार्ने भनियो । दशगजामै बनाउने भनिए पनि भन्सारले त्यहाँ बनाउन नमिल्ने भन्दै स्वीकृति दिएन।

कार्यालयका प्रमुख रुद्रनारायण मिश्रले भन्सार कार्यालयको कारण दशगजा भन्दा १५० मिटर उत्तरतर्फ निर्माण गर्न लागिएको गेट पनि रोकिएको थियो अहिले त्यही ठाउँमा नै शिलान्यास भएको बताए । ‘अहिले भन्सारले अनुुमती दिएको छ, उनले भने, पहिला नै यो ठाउँमा निर्माण अनुमती दिएको भए दुबै काम सकिएको हुनेथियो ।’

यो आयोजना पूरा गर्न प्रदेश १ सरकारको ७५ प्रतिशत, विराटनगर महानगरको २५ प्रतिशत र उद्योग सङ्गठन मोरङको ५ प्रतिशत लागत सहभागिता रहने भनिएको छ ।

शिलान्याश पछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लामो समयदेखि रोकिएको काम अब निर्धारित समयमा नै सम्पन्ने हुनेमा आफु विश्वस्त रहेको बताए । कोशी प्रदेशको प्रवेशको केन्द्र भएकोले यहाँ प्रदेश सरकारले स्वागतद्धार निर्माण गर्न लागेको कार्कीले सुनाए ।

यो पनि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *