इन्द्रबहादुर आङ्बो चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बो चढेको गाडीमा ढुंगा प्रहार भएको छ ।

पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुंगा प्रहार भएको उनको सचिवालयले बताएको छ । ढुंगाले लागेर आङ्बो सवार रहेको गाडीको सिसा फुटेको छ ।

हालसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =