नेकपा एसको केन्द्रीय सचिवालय बैठक सुरु, सरकारमा सहभागिताबारे छलफल हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा  सरकारमा पार्टी सहभागिताबारे छलफल हुने छ । बैठकमा उपस्थित एक नेताले मकालुखबरसँग भने, ‘१० दलीय गठबन्धनको सरकारमा आफ्नो पार्टीले कुन मन्त्रालय लिने र को कसको नेतृत्वमा को को मन्त्री भएर जाने लगायतका बारेमा छलफल हुने छ । हिजो प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो अब सरकारमा जाने कुरामा सबै तिर छलफल हुन्छ ।’

समाजवादीमा उपाध्यक्ष वेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने कि प्रमुख सचेतक प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा जाने भन्ने कुरामा छलफल हुन बाकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =