ऐरावती आदर्श बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुकी भण्डारी निर्वाचित

दाङ । ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया स्ववियुमा अखिलको संयुक्त प्यानल नै विजयी भएको छ । सभापतिमा अनेरास्ववियुकी विष्णा भण्डारी निर्वाचित भएकी छन् ।

उनले १३३ मत प्राप्त गरिन् भने निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका भुवन भट्टराईले १२० मत प्राप्त गरे । सचिवमा अखिल छैटौँका अशोक खनाल , कोषाध्यक्षमा अखिल छैटौँकै टिकाराम रावत विजयी भएका छन् ।

सदस्यमा सिद्धार्थ सुवेदी, माया कुमाल, फरिदा प्रविन, निमराज गौतम र विवेक घर्ती मगर निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *