घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो ।

आज प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो ।

आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *