धनगढीको ऐश्वर्यमा अनेरास्ववियूको प्यानल विजयी
२०७९ चैत ६ गते

काठमाडौँ । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियूको पयानल विजयी भएको छ । नेवि संघको दबदबा रहेको ऐश्वर्यमा अनेरास्ववियुको सिंगो प्यानलनै विजयी भएको हो ।
सभापतिमा कुबेर खड्का विजयी भएका छन् भने उप(सभापतिमा कमल न्यौपाने, सचिवमा दीपेन्द्र भट्ट, उप(सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरूमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदीप खड्का, दीपक जोशी, दीपकराज जोशी र आशा विष्ट विजयी भएका छन् ।
२०७९ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








