प्रतिनिधि सभा बैठक : आजबाट काङ्ग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षको बेन्चमा 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक  सुरु भएको छ ।

नयाँ वानेश्वर स्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो ।

आज भएको बैठकमा काङ्ग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेन्चमा बसेका छन् ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाललाई सुरुमा एमालेले साथ दिएको थियो त्यो बेला कांग्रेस प्रतिपक्षको बेन्चमा थियो ।

गत फागुन १७ गते नेकपा एमाले र नेपाली कांग्रेस दुवैले प्रतिपक्षीको बेन्चमा बस्न खोजेपछि सभामुखले संसद् बैठक स्थगित गरेको दलका नेताहरूले बताइरहेका छन् । सो पछि राष्ट्रपति र उपराष्ट्रपति चुनाव सकिएर आज बैठक बसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =